शुक्रबार, पुस ११, २०८२

राउटे मुखिया सूर्यनारायणको मृत्यु

 |  मंगलबार, वैशाख १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। उनको सोमबार राति साढे नौ बजेतिर मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालले जानकारी दिएको छ।

अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको बताइएको छ। जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका तीन जना मुखिया हुन्छन्। सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए। 

राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ। उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउँपालिका-८ सुर्खेतको सोतखोलामा बस्दै आएका छन्। अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ। अब राउटेको संख्या घटेर १३५ भएको छ। 

प्रकाशित: Apr 29, 2025| 13:53 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्