शुक्रबार, साउन २, २०८२

प्रेम आलेको मगर लवज अश्लील जस्तो सुनिएपछि...

 |  मंगलबार, वैशाख १६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफूले संसद् बैठकमा अश्लील शब्द नबोलेको प्रष्टीकरण दिएका छन्। हिजोको बैठकमा आफूले गरेको सम्बोधनलाई मिडियाले तोडमोड गर्न खोजेको उनले गुनासो गरे।

आलेले हिजो संसद्मा गरेको सम्बोधनको एउटा क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यसमा उनले अश्लील शब्द प्रयोग गरेको भनेर उनको ट्रोल भइरहेको छ। यही आधारमा एकाध मिडियामा समाचार पनि प्रकाशित भए।

हिजोको बैठकमा आलेले आफू पर्यटनमन्त्री हुँदा नागरिक उड्डयन प्राधिकरणमा जुनियर मान्छेलाई डीजी बनाइएको बताएका थिए।

उनले भनेका थिए-
'जुनियर मान्छेलाई ल्याएर डिजी बनाइयो, हो बनाइयो। मेरै पालामा हो। निधारमा लेखेको हुँदैन नि, यो चोर हो कि साधु हो भनेर। मैले धेरै पटक जुनियर मान्छेलाई नबनाऊँ भनेको हो, तर पार्टीको दबाब झेल्न नसकेर जुनियर मान्छेलाई बनाइयो।'

अन्तिम पटक उनले ‘मान्छे’ भन्दा ‘मु*’ भनेको जस्तो सुनिएको थियो। मगर लवजमा मन्छे भन्दा अश्लीलजस्तो सुनिएको थियो।

आलेले आजको बैठकमा त्यसबारे प्रष्टीकरण दिएका हुन्। उनले भने:

मैले हिजो बोलेको कुरालाई अश्लील शब्द भनेकोमा गम्भीर ध्यानाकर्षण भएको छ। राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्छु। हिजो संसदमा कुरा राख्दा ‘पार्टीको दबाब झेल्ने नसकेर त्यो मान्छेलाई डीजी बनाइयो’ भनेको थिएँ।

राज्यको चौथो अंग भन्ने मिडियाले यसलाई तोडमोड गर्‍यो। २५ सय वाटको स्पिकर राखेर राम्रोसँग सुन्न अनुरोध गर्छु । यसरी जनप्रतिनिधिको हुर्मत लिनु भएन ।

यस्ता विषयलाई ध्यान दिएर मात्र समाचार सम्प्रेषण गरियोस् । मैले पटक-पटक पोखरा र भैरहवामा विमानस्थलमा भ्रष्टाचार भएको विषय उठाइरहेकाले त्यसलाई डाइभर्ट गर्नका लागि त मेरो हुर्मत लिएको होइन ?’

प्रकाशित: Apr 29, 2025| 12:50 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्