शुक्रबार, साउन २, २०८२

श्रीमतीको टाउकोमा दाउराले हान्दा घटनास्थलमै मृत्यु

 |  मंगलबार, वैशाख १६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

vianetvianet

म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन्। 

पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मंगलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।

घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 
 

प्रकाशित: Apr 29, 2025| 12:25 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्