शुक्रबार, पुस ११, २०८२

कोरिया पठाइदिन्छु भनेर साढे तीन लाख ठग्ने समातिइन्

 |  मंगलबार, वैशाख १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

National life
Laxmi sunrise bank
kumari

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित: Apr 29, 2025| 12:14 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्