शुक्रबार, असार ५, २०८३

बालाजुमा महिलाले आफ्नै शरीरमा आगो लगाइन् 

 |  मंगलबार, वैशाख १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२
National life
Shivam cement

काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन्। बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन्। श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ।

उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Apr 29, 2025| 11:08 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्