शुक्रबार, पुस ११, २०८२

मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु

 |  मंगलबार, वैशाख १६, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १६, २०८२

National life
Laxmi sunrise bank
kumari

बागमती- मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। 

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गए राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
 
उनले  शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको बताए।

प्रकाशित: Apr 29, 2025| 09:31 मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्