शुक्रबार, असार ५, २०८३

ललितपुर महानगरपालिकाले भन्यो- भोलिदेखि स्कुल खोल्नु

 |  सोमबार, वैशाख १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०८२

ललितपुर महानगरपालिकाले भोलि मंगलबारदेखि सबै सामुदायिक विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ।

National life

विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेशबमोजिम मंगलबारदेखि महानगरभित्रका सबै सामुदायिक विद्यालयमा पूर्ण रूपमा  पठनपाठन क्रियाकलाप सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको उल्लेख गरेको  छ। तर, उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन हुन नसक्दा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता राजु महर्जनले सामुदायिक विद्यालयलाई गरेको पत्रमा भनिएको छ।

सर्वोच्च अदालतले गत बिहीबार देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले तीन दिनभित्र आदेश कार्यान्वयन गर्न भनेको थियो।

Shivam cement

प्रकाशित: Apr 28, 2025| 16:27 सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्