शुक्रबार, पुस ११, २०८२

मकवानपुरका बहुवर्षीय योजनाहरू अन्तिम चरणमा

 |  सोमबार, वैशाख १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०८२

बागमती- बागमती प्रदेश सरकारद्वारा मकवानपुरमा सञ्चालित तीनवटा बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेको छ। 

National life

हेटौँडा उपमहानगरपालिका-१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको निर्माण काम सम्पन्न भएको छ। सभाहलको निर्माण काम सम्पन्न भएर हस्तान्तरणको क्रममा रहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुबोध अधिकारीले जानकारी दिए।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सम्झौता भइ निर्माण सुरू भएको प्रदेशसभा हलको काम गत वर्षको पुसमा सम्पन्न भइसकेको र छिट्टै हस्तान्तरण गर्ने तयारी भइरहेको प्रमुख अधिकारीले बताए। 'भवन निर्माण तथा रंगरोगनको काम सकिएको छ', प्रमुख अधिकारीले भने, 'प्रदेशसभा हलमा हाल्नुपर्ने फर्निचर खरिदको प्रक्रियामा छ, फर्निचर हालिएसँगै प्रदेशसभा हल हस्तान्तरण हुन्छ।'

भ्याटसहित कुल तीन करोड ५३ लाख ६१ हजार ५ सय ८३ रूपैयाँको लागतमा सिउँडी निर्माण सेवा हेटौँडाले प्रदेशसभा हलको निर्माण गरेको हो। प्रदेशसभा सचिवालयको कार्यालय नजिकै निर्माण गरिएको प्रदेशसभा हलमा सभाहलसँगै सभामुख र उपसभामुखको कार्यकक्ष तथा पत्रकार र पर्यवेक्षकहरू बस्ने कक्षको निर्माण गरिएको छ।

यस्तै हेटौँडा उपमहानगरपालिका-२ मा निर्माणाधीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम पनि अन्तिम चरणमा पुगेको छ। आव २०७७/७८ मा सम्झौता भइ चालु आव २०८१/८१ मा सम्पन्न गर्नेगरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहको हालसम्म ९९ प्रतिशत काम सम्नन्न भइरहेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरले जनाएको छ।

Laxmi sunrise bank
kumari

भवन निर्माणको काम सम्पन्न भइसकेको र रंगरोगनको काम अन्तिम चरणमा पुगेकोले यही २०८१ चैत महिनासम्ममा सम्पन्न हुने सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर अधिकारीले बताए। उनका अनुसार संरक्षण/सेभ जेभी भरतपुरले भ्याटसहित पाँच करोड २६ लाख ८३ हजार ३ सय ५९ रूपैयाँको लागतमा सो सभाहल निर्माणको काम गरिरहेको छ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका-१ स्थित हेटौँडा अस्पताल भवनको काम पनि तीव्ररूपमा भइरहेको छ। सहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम हालसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ। बिकोइ/नवसिर्जनशील जेभी काठमाडौँले ठेक्का पाएको अस्पताल भवन निर्माणको काम चाँडो सकिने गरी तीव्ररूपमा काम भइरहेको जनाएको छ।

भ्याटसहित कुल २६ करोड ६४ लाख २५ हजार २ सय ८० रूपैयाँको लागतमा निर्माण भइरहेको अस्पताल भवनको निर्माणको काम सम्पन्न गर्न २०८१ असार मसान्तसम्म समयावधि भए पनि यही २०८१ फागुन महिनाभित्र सम्पन्न गर्ने अनुमान गरिएको प्रमुख इन्जिनियर अधिकारीको भनाइ छ।

अस्पतालले जग्गाको व्यवस्थापन नगर्दा अस्पताल भवन निर्माणमा केही ढिलाइ भएको हो। रासस

प्रकाशित: Apr 28, 2025| 16:01 सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्