शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कैलालीबाट हत्कडीसहित भागेकी महिला भारतमा पक्राउ, दुई प्रहरी निलम्बन

कैलालीबाट हत्कडीसहित भागेकी महिला भारतमा पक्राउ, दुई प्रहरी निलम्बन

 |  सोमबार, वैशाख १५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १५, २०८२

National life
Laxmi sunrise bank
kumari

कैलालीस्थित सरकारी वकिल कार्यालयबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ परेकी छन्।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीय मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी म्याद थपका सरकारी वकिलको कार्यालय लैजाने क्रममा भागेकी थिइन्। हतकडीसहित थुनुवा भागेपछि दुईजना प्रहरीलाई कारवाही गरिएको छ। प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 28, 2025| 10:56 सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्