काठमाडौं- जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छ्न्।
जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडातर्फ जाँदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काँकडभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर काँकडभिट्टाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५५ नम्बरको बसमा सवार १९ यात्रु घाइते भएको बारा प्रहरीले जनाएको छ। घाइतेहरूलाई उद्धार गरेर ९ जनालाई हेटौंडाको सहकारी अस्पताल र १० जनालाई विरगन्जको ब्योध्या अस्पताल लगिएको छ।