शुक्रबार, पुस ११, २०८२

'लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्नुस्'

 |  आइतबार, वैशाख १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

काठमाडौं-। नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको जनाएको छ । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ।

National life

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पारेको हो। हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेगावाट पुगेको छ। यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जाबाट २५ मेगावाट, तापीयबाट ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २,१४९ मेगावाट छन्।

हाल आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट रहेकोमा विद्युतको उच्च माग (पिक लोड) २,०७७ मेगावाट पुगेको छ। त्यसमा १,५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।

प्राधिकरणले गर्मी याम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई २४ सै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको स्पष्ट गरेको छ।

Laxmi sunrise bank
kumari

सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको छ । औद्योगिक ग्राहकलाई चाहिँ बेलुकाको समयमा खपत घटाउन आग्रह गरिएको छ।

प्राधिकरणले नेपालको नदीमा बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै सबै उपभोक्तालाई धैर्य, सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित: Apr 27, 2025| 17:09 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्