शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ऊर्जामन्त्री खड्का भन्छन्- सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौं

ऊर्जामन्त्री खड्का भन्छन्- सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौं

 |  आइतबार, वैशाख १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्ने बताएका छन्। ऊर्जा मन्त्रालयमा आइतबार भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उनले आगामी त्यस्ताे बताएका हुन्। 

National life

‘आयोजना प्रमुखले कति खर्च गर्नसक्ने हो, खर्च गर्नसक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ’ मन्त्री खड्काले भने। बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उनले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गरेका छन्।

साथै मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्नेमा ऊर्जामन्त्री खड्काले जाेड दिए। ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका बहुउदेश्यीय आयोजनाको सन्तोषजनक प्रगति हुन नसकेको बताएका छन्।

सचिव आचार्यले आगामी आवको बजेट तथा कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिँदै विनियोजित बजेट कार्यान्वयनमा सबै इमान्दार बन्नुपर्ने बताए। त्यस्तै भर्खरै ल्याएको ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई हासिल गर्न बजेटको अपर्याप्तता रहेको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयासरत रहेको जानकारी दिएका छन्। 

सिँचाइ सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउँदा एउटा आयोजनामा खर्च हुन नसकेको बजेट अर्को आयोजनामा लगाउने गरी अगाडि बढ्नुपर्ने धारणा राखेकी छन्। उनले भूमिगत सिँचाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै किसानका खेतमा पानी पुगेपछि मात्र सिँचाइको उपदेहिता देखिने बताएकी छन्। 

Laxmi sunrise bank
kumari

सचिव दवाडीले पनि चालु आवमा भन्दा आगामी आवका लागि बजेटको सिलिङ थोरै प्राप्त भएकाले बढाउन पहल गरिरहेको बताएकी छन्। रासस 

प्रकाशित: Apr 27, 2025| 16:31 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्