शुक्रबार, पुस ११, २०८२

कास्की र लमजुङका पर्यटकीयस्थलको प्रवर्द्धन गरिँदै

 |  आइतबार, वैशाख १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

गण्डकी- कस्केली अधिकृत समाजले कास्की र लमजुङ जिल्लाका विभिन्न धार्मिक पर्यटकीयस्थलको प्रवर्द्धनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ।

National life

संस्थाले वार्षिक कार्यक्रमअन्तर्गत कास्की र आसपासका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक पर्यटकीयस्थलको प्रवर्द्धनात्मक भ्रमण कार्यक्रम सञ्चालन गरिहेको जनाएको हो।

यस वर्ष कास्की र लमजुङ जिल्लाका केही पर्यटकीय गन्तव्यलाई समेटेर थप पर्यटन प्रवर्द्धनका गतिविधि गरिने समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले बताए।

यस वर्ष लमजुङको गाउँसहरस्थित लमजुङ दरबार, मध्यनेपाल नगरपालिकास्थित इशानेश्वर महादेव मन्दिर करापुटार, मर्स्याङ्दी गाउँपालिकास्थित डा हर्क गुरुङ समाधिस्थल पार्क, अपर मर्स्याङ्दी पावरहाउस बाँध ङादी, कास्कीको रुपातालस्थित जलसिद्ध महादेवलगायत धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्य समेटिएको उनले जानकारी दिए।

प्रवर्द्धनात्मक भ्रमणका माध्यमबाट विभिन्न गन्तव्यको पर्यटन बजारमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ बर्सेनि कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उनले आर्थिक समृद्धिका लागि पर्यटकीय गन्तव्यको प्रवर्द्धन आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन यस्ता गतिविधिलाई प्राथमिकता दिइएको बताए।

Laxmi sunrise bank
kumari

मर्स्याङ्दी गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले लमजुङका अधिकांश पर्यटकीय गन्तव्य पर्यटन प्रवर्द्धनको पर्खाइमा रहेका बताए। हर्क गुरुङ समाधिस्थल पार्कका अध्यक्ष तीलबहादुर गुरुङले उनको योगदानलाई जीवन्त राख्न समाधिस्थल पार्क बनाइएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन आवश्यक पर्नेमा जोड दिए।

समाजका सचिव महेश पौडेलले यस कार्यक्रमले लमजुङ दरबारको ऐतिहासिकता, इशानेश्वर महादेवको धार्मिक एवं सांस्कृतिक महत्त्वका साथै यस क्षेत्रका विविध पर्यटकीय सम्भावनालाई उजागर गर्ने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: Apr 27, 2025| 18:01 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्