शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सांसद माया राईलाई तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

सांसद माया राईलाई तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति

 |  आइतबार, वैशाख १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

काठमाडौं- प्रतिनिधि सभा सदस्य माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ। 

National life

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। 

शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो। उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो। सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन्।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन्।  राईसमेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ।

Laxmi sunrise bank
kumari

उनी जनजाति कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन्। उनी समानुपातिक सांसद हुन्।

सांसद राई पक्राउबारेको सूचना आज नै प्रतिनिधि सभाका सदस्यहरुलाई जानकारी गराइएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन्।
 

प्रकाशित: Apr 27, 2025| 14:20 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्