बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौंमा असिनासहितको वर्षा

पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौंमा असिनासहितको वर्षा

 |  आइतबार, वैशाख १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

काठमाडौं उपत्यकामा असिनासहितको वर्षा भएको छ। आइतबार दिउँसो असिना र हावाहुरीसहित वर्षा भएको हो। काठमाडौंसँगै काभ्रेमा पनि पानी परिरहेको छ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव देशका विभिन्न स्थानमा देखिएको छ।

अझै केही घण्टा हल्का वर्षा र चट्याङको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ।

मधेश प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ। कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बागमती र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित: Apr 27, 2025| 13:59 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्