सोमबार, साउन ५, २०८२

गोकर्णेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

 |  आइतबार, वैशाख १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

vianetvianet

काठमाडौंमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा ना ६ ख ५१०० नम्बरको टिपरले प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिएको थियो।

ठक्करबाट स्कुटर चालक गोकर्णेश्वर तालिञ्चोक बस्ने २३ वर्षीय पासाङ शेर्पा गम्भीर घाइते भएका थिए। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–७ घर भएका शेर्पालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारकै क्रममा शनिबार राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित: Apr 27, 2025| 12:43 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्