आइतबार, वैशाख १४, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु, दुईजना मृत फेला

 |  आइतबार, वैशाख १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

vianetvianet

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ माईती नेपाल चोकस्थित सडकमा ना.६ ख ५१०० नम्बरको टिपर र प्र.३-०२-००६ प ००९६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक गोकर्णेश्वर नगरपालिका-४ तालिञ्चोक बस्ने सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-७ घर भएका २३ वर्षीय पासाङ शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

triton college

कास्की, पोखरा महानगरपालिका-३० माथिल्लो गगनगौडास्थित सडकमा तनहुँबाट पोखरातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय सुरज शाहीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, रत्ननगर नगरपालिका-३ स्थित सडकमा बा.प्र.०३-००१ ख १२७७ नम्बरको ट्रकले ग.एएए ८४४२ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगर नगरपालिका-४ देबौली बस्ने १९ वर्षीय डेबिट दराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ बेलनदीस्थित सडकमा रा.१ ख २३ ४२ नम्बरको बसले लु.७९ प ११३३ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक शिवराज नगरपालिका-११ नयाँ बस्ती बस्ने ४९ वर्षीय रूकमाग शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिसिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-६ भैयाटोलस्थित सडकमा भैयाटोलबाट प्रिप्रहियातर्फ जाँदै गरेको लु.३५ प ४३२३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया सुधा त्रिपाठीको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

National life insurance

डुबेर मृत्यु
सर्लाही, मलंगवा नगरपालिका-२ स्थित नासी पोखरीमा डुबेर सोही नगरपालिका-३ बस्ने श्रीराम यादवको छोरा ३ वर्षीय अभिराज यादवको शनिबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।

सप्तरी, बोदेबरसाइन नगरपालिका-१ मनहौरी बस्ने उमेश यादवको छोरा ४ वर्षीय सुजल यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Apr 27, 2025| 12:23 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्