आइतबार, वैशाख १४, २०८२

जलवायु संकट

मुस्ताङमा सुक्न थाले खानेपानीका मुहान

 |  आइतबार, वैशाख १४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

vianetvianet

मुस्ताङ- पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु संकटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन्। कृषि र पशुपालन व्यवसायमा समेत जलवायु संकटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ।

triton college

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन्।

घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन्। घ

रपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक संख्याले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वेक्षण गरिरहेको छ। उक्त सर्वेक्षणका क्रममा भएको छलफल तथा अन्तरक्रियामा जोमसोमका स्थानीयवासीले जलवायु संकटले हिमाली जिल्ला मुस्ताङको खानेपानी, कृषि र पशुपालनलगायत जैविक विविधतामा असर पुर्‍याउँदै गइरहेको औंल्याएका हुन्।

घरपझोङस्थित जोमसोमबजारमा हिमस्रोत घट्दै जाँदा खानेपानीको चरम समस्या देखिएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दीपक शेरचनले बताए। जोमसोममा विगतको तुलनामा घरधुरीको संख्या वृद्धि हुँदै गइरहेको, व्यावसायिक क्षेत्र परेको र सरकारी कार्यालयसमेत रहेकाले यहाँ खानेपानी उपयोग अत्यधिक हुने भए पनि पछिल्लो समय मुहान सुक्दै जाँदा आवश्यकताअनुसार खानेपानीको सेवा पु¥याउन नसक्ने अवस्था रहेको अध्यक्ष शेरचनले सुनाए। मुस्ताङको बजारको खानेपानी उपभोक्ताको माग धान्न मुस्किल परेकाले वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए। 

National life insurance

जोमसोम बजारका लागि खानेपानी आपूर्तिका लागि तीनवटा हिमस्रोत रहेको भए पनि जलवायु संकटका कारण मौसमी तापक्रमको असरले उल्लिखित खानेपानीको स्रोत घट्दै गइरहेको अध्यक्ष शेरचनले बताए। जोमसोम बजारका लागि खानेपानी सेवा पुर्‍याउन जोमसोमको कुङ्ले लेंक र ठिनी १÷२ को पानीको मुहान सुरक्षित रहे पनि ती स्रोतहरु हिमस्रोत सुक्दै जाँदा खानेपानीको अभाव भएको छ।

‘व्यावसायिक क्षेत्र भएकाले खानेपानीको माग बढी छ,’ उनले भने, ‘पानीको स्रोत घट्दो छ, यसैले अन्य ऊर्जा सम्भावना खोजेर दीर्घकालीन समस्या खोज्नुपर्ने आवश्यकता छ।’

हिमाली क्षेत्रको मुख्य फलफूल बाली स्याउलगायत अन्य रैथाने बालीको व्यवस्थापन र मलजल गर्ने बेलामा हिउँ पर्न छाडेको र स्याउको फूल फुल्ने बेलामा निरन्तर वर्षा हुँदा यहाँ स्याउलगायतका अन्नबालीमा क्षति पुग्ने गरेको घरपझोङ—४ का किसान राजेन्द्र शेरचनले बताए।

अनुकूल मौसममा हिउँ नपर्नु र बेमौसममा हिउँ पर्दा फलफूल बगैंचामा फुल्दै गरेका फूलहरु झर्ने तथा तापमान वृद्धिले स्याउलगायतका अन्नबालीमा विभिन्न रोगकिराको सङ्क्रमण देखापर्दा स्याउलगायतका अन्नबालीको उत्पादन र गुणस्तर खस्किन थालेको घरपझोङका किसान शेरचनले उल्लेख गरे। मौसम परिवर्तनका कारण मुस्ताङमा कुनै वर्ष पर्याप्त स्याउ उत्पादन हुने र कुनै वर्ष न्यून हुने गरेको किसान बताउँछन्। 

घरपझोङका पशुपालक किसान भूपेन्द्र शेरचनले जलवायु परिवर्तनको असर यहाँका पशुपालन व्यवसायमा देखिन थालेको बताए। हिमाली उच्चलेंकमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस पलाउन छोडेको उनले बताए।

‘हिमस्रोत घट्दा उच्चलेकमा याकचौंरीको व्यवस्थापनमा समेत समस्या परेको छ, वन्यजन्तुको जोखिम पनि यसैका कारण थपिएको छ,’ उनले भने।

प्रकाशित: Apr 27, 2025| 09:31 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्