बुधबार, साउन १३, २०८३

हत्याको अभियोगमा एक जना पक्राउ

 |  मंगलबार, चैत ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०८२

काठमाडौं- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन्। 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो। 

अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

यसैबीच, बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई पक्राउ गरिएको छ। 

नियमित गस्तीमा रहेको प्रहरी टोलीले गएराति उनीहरूलाई नगद रु एक लाख ९० हजारसहित पक्राउ गरेको हो।

प्रकाशित: Mar 17, 2026| 14:04 मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्