बुधबार, साउन १३, २०८३

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

 |  मंगलबार, चैत ३, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। 

राष्ट्रपति पौडेलले पूर्वप्रधानमन्त्री ओलीको गुण्डुस्थित निवासमा पुगेर उनी तथा शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरेका हुन्। 

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो।

प्रकाशित: Mar 17, 2026| 13:16 मंगलबार, चैत ३, २०८२
प्रतिक्रिया दिनुहोस्