सोमबार, चैत २, २०८२

यी स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना

 |  सोमबार, चैत २, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव  छ।  साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ। जल तथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू–भागमा  साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानहरूमा तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार आज राती  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। गण्डकी,  कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूपश्चिम  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: Mar 16, 2026| 07:52 सोमबार, चैत २, २०८२
प्रतिक्रिया दिनुहोस्