शुक्रबार, पुस ११, २०८२

सहकारी ठगी प्रकरण

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : कांग्रेस सांसद राई पक्राउ

 |  आइतबार, वैशाख १४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १४, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उहाँले बताउनुभयो। सांसद राईसमेतका व्यक्तिले उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

प्रकाशित: Apr 27, 2025| 06:27 आइतबार, वैशाख १४, २०८२
प्रतिक्रिया दिनुहोस्