शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभा बैठक सुरु, वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठक सुरु, वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौं- प्रतिनिधिसभाको छैठौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।

National life

उनले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकांक्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे। ‘यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा छ। संसद् जनताको आवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने स्थान पनि हो’, सभामुख घिमिरेले भने, ‘कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा देखिएका असुन्तिलाई यो अधिवेशनले चिर्न सक्ने विश्वास छ। पारदर्शीता, सामाजिक न्याय र जवाफदेहिताका लागि संसद्ले प्रभावकारी भूमिका खेल्ने छ।’

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका हुन्।

यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयनसमेत गरेका छन्। जसमा सांसदहरू अमृतादेवी अग्रहरी, डा चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी र हेमराई राई मनोनित भएका हुन्।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पेस गरेने कार्यसूची छ।

Shivam cement

प्रकाशित: Apr 25, 2025| 13:53 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्