शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • थाइल्याण्डबाट फर्केपछि देउवाले भने- सरकार फेरबदल हुने कुनै सम्भावना छैन

थाइल्याण्डबाट फर्केपछि देउवाले भने- सरकार फेरबदल हुने कुनै सम्भावना छैन

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदल हुने कुनै सम्भावना नरहेको बताएका छन्। 

थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन्।

सत्ता समीकरण परिवर्तन हुने कुरा छ नि भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, 'कसले भन्यो। मलाई थाहा छैन।' सत्ता समीकरण परिवर्तन हुने कुरामा सत्यता नरहेको उनको भनाइ छ।
 

प्रकाशित: Apr 25, 2025| 13:21 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्