शुक्रबार, पुस ११, २०८२

'देउता आयो' भन्दै बूढीगंगामा हामफालेका गणेशको डुबेर मृत्यु

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

National life
Laxmi sunrise bank
kumari

बाजुराको बूढीगंगा नदीमा हामफालेका तीन जना मध्ये एक जनाको मृत्यु भएको छ।

विगत केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बूढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

त्रिवेणी नगरपालिका-८ मा रहेको धार्मिक स्थल त्रिवेणीधाममा ३२ वर्षकी अञ्जली नेपाली र २७ वर्षका दीपक नेपाली पनिसँगै थिए। उनीहरू तीनैजना देउता आयो भन्दै नदीमा हामफालेका थिए। अञ्जली र दीपक घाइते अवस्थामा जोगिएका छन्। उनीहरुको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Apr 25, 2025| 12:37 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्