शुक्रबार, पुस ११, २०८२

तीन सन्तानलाई विष खुवाएर मारेकी आमाको पनि मृत्यु

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

धनुषामा भएको विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ।

National life

धनुषाको शहीदनगर नगरपालिका-५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो।

गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी र आमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए। सोही दिन  ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसीको मृत्यु भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले तीन सन्तानलाई विष सेवन गराई आफ‌ैं पनि सेवन गरेको खुलेको छ। ९ महिनाकी गर्भवती पविताको पेटबाट शल्यक्रिया गरी शिशु निकालिएको थियो। शिशुको अवस्था सुधारोन्मुख रहेको छ।
 

प्रकाशित: Apr 25, 2025| 12:10 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्