बुधबार, असोज १४, २०८३

तीन सन्तानलाई विष खुवाएर मारेकी आमाको पनि मृत्यु

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

धनुषामा भएको विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ।

धनुषाको शहीदनगर नगरपालिका-५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो।

गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी र आमा विष सेवन गरेको अवस्थामा फेला परेका थिए। सोही दिन  ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसीको मृत्यु भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले तीन सन्तानलाई विष सेवन गराई आफ‌ैं पनि सेवन गरेको खुलेको छ। ९ महिनाकी गर्भवती पविताको पेटबाट शल्यक्रिया गरी शिशु निकालिएको थियो। शिशुको अवस्था सुधारोन्मुख रहेको छ।
 

प्रकाशित: Apr 25, 2025| 12:10 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्