शुक्रबार, पुस ११, २०८२

एमसिसी परियोजना नेपालमा नरोकिने

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

काठमाडौं- नेपालसहित चार मुलुकमा एमसिसी परियोजना नरोकिने भएको छ। अन्य देशमा एमसिसी रोकिए पनि नेपाल, सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा भने नरोकिने समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ।

National life

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसिसी परियोजना बन्द गरिने भनेर एमसिसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो। एमसिसी सम्झौता भएर काम पनि सुरू भइसकेका नेपाल, सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा भने परियोजना बन्द नहुने भनिएको एमसिसीका एक कर्मचारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

एमसिसीले नेपालसहित २० देशमा विभिन्न काम गर्दै आइरहेको छ। चार देशबाहेकका अरू मुलुकमा भने परियोजना रोक्न भनिएको एमसिसीका ती कर्मचारीले बताएको रोयटर्सले लेखेको छ।

एमसिसी अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अनुदान सहयोग प्राप्त गर्ने योजना हो। उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गरिनेछ।

एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना छ। यस अन्तर्गत ठेक्का प्रक्रिया समेत भइसकेको छ।

Laxmi sunrise bank
kumari

ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेपछि अमेरिकी सहायताका परियोजना रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि एमसिसीलाई ९० दिनको पुनर्मूल्यांकन समय राखेर त्यसअन्तर्गतका कार्यक्रम स्थगित गर्न भनिएको थियो।

तर, चैत ८ गते एमसिसी अन्तर्गतका सबै काम रोक्न नपर्ने गरी अमेरिकी सरकारले पत्र पठाएको थियो। एमसिसी कार्यान्वयन गर्ने निकाय एमसिए नेपालले गत चैत ८ गते अमेरिकाले सबै काम रोक्न नपर्ने गरी पत्र पठाएको भनेर विज्ञप्ति जारी गरेको थियो। अब फेरि काम नरोकिने भएको छ।

प्रकाशित: Apr 25, 2025| 11:33 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्