शुक्रबार, असार ५, २०८३

७ वर्षसम्म पनि पुल नबनेपछि तोडियो ठेक्का

 |  शुक्रबार, वैशाख १२, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

पोखरा- पोखरा–बागलुङ राजमार्गअन्तर्गत जिरो किमिदेखि हरिचोकबीचमा रहेको पोखरा महानगरपालिका ४ र ५ जोड्ने फिर्केखोलामा ७ वर्षसम्म पनि पुल नबनेपछि सम्झौता रद्द गरिएको छ।

National life

२०७७ चैत ३० गते पुल निर्माण गरी सक्ने सम्झौता भएपनि २०८२ सम्म पनि नबनेपछि सडक डिभिजन कार्यालय पोखराले सम्झौता रद्द गरेको हो।

पटकपटक ताकेता गर्दासमेत कुनै सुनुवाई नभए पछि ठेक्का रद्द गर्न बाध्य भएको सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिए।

पुल निर्माणका लागि २०७५ सालमा शान्ति आरोग्य जेभी सानेपा ललितपुरले १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा ठेक्का पाएको थियो। तर, तेस्रो पटकको म्याद सकिएको १० महिनासम्म पनि काम नभएपछि ठेक्का रद्द गरिएको पोखरेलले बताए।

अहिलेसम्म फाउन्डेसनको मात्र काम भएको उनको भनाइ छ। पछिल्लो पटक २०८० मा २०८१ असार २० गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको थियो।

Shivam cement

जिरो डिवकमिदेखि हरिचोक सडक ६ लेन बनेपनि पुल साँघुरो हुँदा धेरै सवारी दुर्घटनामा पर्ने गरेका छन्। ठेक्का तोडिएसँगै पुल निर्माण झनै अन्योल बनेको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफुसँग क्षमता नभएका काम ओगटेर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताएका छन्। उनले पुल निर्माणका लागि छिट्टै नयाँ ठेक्का प्रक्रियामा जाने उल्लेख गरे।

प्रकाशित: Apr 25, 2025| 07:35 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्