बिहीबार, साउन ८, २०८२

आइतबारदेखि काठमाडौं उपत्यकामा मौसम बदली हुने

 |  शुक्रबार, वैशाख १२, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १२, २०८२

vianetvianet

काठमाडौं- काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यो क्रम भोलि शनिबारसम्म जारी रहने तथा आगामी आइतबारदेखि बदली भई तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज यहाँको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ। 

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि छ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित: Apr 25, 2025| 07:19 शुक्रबार, वैशाख १२, २०८२
प्रतिक्रिया दिनुहोस्