मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तीन दिनभित्र कार्यक्षेत्र फर्किन आन्दोलित शिक्षकहरूलाई सर्वोच्चको आदेश

तीन दिनभित्र कार्यक्षेत्र फर्किन आन्दोलित शिक्षकहरूलाई सर्वोच्चको आदेश

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

काठमाडौं- आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र कार्यक्षेत्र फर्किन सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै यस्तो आदेश दिएको हो।

National life

आदेशमा भनिएको छ- ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’ 

अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै रिट दायर गरेका थिए। उनले विद्यार्थीहरूलाई पठनपाठनको वातावरण मिलाइदिन भन्दै अन्तरिम आदेशको माग गरेका थिए। 

देशभरका शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्। शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षासमेत स्थगित भएको छ।

प्रकाशित: Apr 24, 2025| 20:07 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्