बुधबार, असोज १४, २०८३

श्रीमान् ओछ्यानमै मृत फेला, श्रीमती पक्राउ

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

सप्तरीमा एक पुरुष सुतेकै ओछ्यानमा मृत भेटिएका छन्। कञ्चनरुप नगरपालिका-८ कञ्चनपुरका ४८ वर्षीय श्याम कुमार गुप्ता सुतेकै अवस्थामा मृत भेटिएका हुन्।

आज बिहान १० बजेतिर उनकी छोरीले उठाउन खोज्दा गुप्ता ओछ्यानमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटना शंकास्पद देखिएपछि उनकी श्रीमती गुञ्जा गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। 

स्थानीयले उनकी श्रीमती गुञ्जा मानसिक रोगी रहेकाले उनैले हत्या गरेको हुन सक्ने आशंका गरेका छन्। अत्यधिक मदिरा सेवन गर्ने गुप्ता आफैं मरेको वा श्रीमतीको संलग्नतामा मृत्यु भएको अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 24, 2025| 18:55 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्