शनिबार, जेठ १०, २०८२

कांग्रेस महामन्त्री थापाले भने- सरकारबाट बाहिरिन सक्छौं

 |  बिहीबार, वैशाख ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सरकारबाट बाहिरिन सक्ने बताएका छन्।

लोकतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन, समाधान पनि दिनुपर्छ। आज हामी बाध्यतामा छौं, एक्लै छैनौं, सरकारमा छौं। कतिपय कुरामा हामीले सम्झौता गरेका छौं तर आधारभूत कुरामा कहिल्यै सम्झौता गर्दैनौं। पर्‍यो भने सरकारबाट बाहिर पनि जान सक्छौं। सरकार नै सबैथोक होइन।’

कांग्रेस समस्याबाट भाग्ने पार्टी नभएको उनले बताएका छन्। कांग्रेस अहिले सरकारमा जान बाध्य भएको बताउँदै उनले संकटको बेला समाधान दिने जिम्मेवारी काँधमा लिनुपर्ने बताए।

महामन्त्री थापाले हाल देखिएको शिक्षक आन्दोलन र निजामती कर्मचारीहरूको आन्दोलनजस्ता विषयमा कांग्रेस जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए।

प्रकाशित: Apr 24, 2025| 17:11 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्