शुक्रबार, पुस ११, २०८२

भेरीमा डुबेका गोविन्दको शव ५० फिट गहिराइबाट निकालियो

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

National life
Laxmi sunrise bank
kumari

वैशाख १० गते सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ब्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ ।  

५८ वर्षका गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी  बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बैशाख ११ गते बिहिबार दिउँसो ५० फिट गहिराईबाट शव बाहिर निकालेको हो। 

उनी बेपत्ता भएसँगै सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यवस्थापन बेश चिप्ले सुर्खेतबाट समेत खोजिकार्यको लागि टोलि परिचालन गरिएको थियो । सोहि गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

प्रकाशित: Apr 24, 2025| 15:42 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्