शुक्रबार, पुस ११, २०८२

गण्डक जलविद्युत आयोजनाको उत्पादन बन्द

 |  बिहीबार, वैशाख ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

नवलपरासी- पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको छ। जलविद्युत केन्द्रका प्रमुख पिताम्बर भुसालले जलविद्युत केन्द्रको विद्युत उत्पादन डेढ महिनादेखि बन्द रहेको बताएका हुन्।

National life

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीस्थित गण्डक ब्यारेजबाटै नहरको पानी बन्द भएपछि विद्युत उत्पादन बन्द भएको छ। भारतले जलविद्युत केन्द्रको नहर बन्द ९क्यानल सटडाउन० गरेपछि विद्युत उत्पादन रोकिएको उनले बताए। गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उनको भनाइ छ।

लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन छ। नेपाल-भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युतको नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ।

यसअनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत केन्द्रको नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत उत्पादन बन्द भएको हो। भारतीय पक्षले हरेक वर्ष कार्तिक-मंसिर र चैत-वैशाख गरी दुई पटक नहरको पानी बन्द गगर्दै आएको छ। यसले गर्दा हाम्रो घाटा हुनेगरेको जलविद्युत केन्द्रका प्रमुख भुसाल बताउँछन्। 

विद्युत ठप्प भएपछि दिनहुँ सातदेखि आठ लाखसम्म घाटा हुने गरेको प्रमुख भुषालले जानकारी दिए। १५ मेगावाट विद्युत उत्पदान क्षमता भएको उक्त जलविद्युत केन्द्र अहिले चारदेखि साढे चार मेगावाटसम्म विद्युत उत्पादन गरिरहेको छ।

Laxmi sunrise bank
kumari

तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रेमा दुई टर्वाइनले मात्र विद्युत उत्पादन गरिरहेको छ। एउटा टर्वाइन विग्रेर थन्केको छ। गण्डक जलविद्युत केन्द्रमा रहेको विद्युतिय उपकरण पुरानो प्रविधिअनुसार रहेको हुनाले परिर्वतन गरी सुधार गर्नुपर्ने देखिएको उनको भनाइ छ। रासस

प्रकाशित: Apr 24, 2025| 18:01 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्