बिहीबार, वैशाख ११, २०८२

सवारी दुर्घटनामा पाँचको मृत्यु, तीनजना मृत फेला

 |  बिहीबार, वैशाख ११, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ११, २०८२

vianetvianet

धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा धनुषाधामबाट तेजनगरतर्फ जाँदै गरेको बयल गाडामा प्र.२-०२-००१ प १२१५ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ तेजनगर बस्ने २१ वर्षीय राजेश खत्वे मण्डलको मृत्यु भएको छ ।

triton college

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय क्लिनिक राजाराममा उपचार भइरहेको छ । हाल फरार बयल गाडा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी धनुषा, मिथिला नगरपालिका-३ लालभित्तिस्थित सडकमा ना.५ ख ६१०० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया दुर्गा देवी महत्तोको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटा, धनकुटा नगरपालिका-९ रूद्रबारीस्थित सडकमा मुलघाटबाट धनकुटातर्फ जाँदै गरेको को.२ त ७९३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार शहिदभूमि गाउँपालिका-७ बस्ने २० वर्षीय बिबेक बगाले (थापा) को घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ बिगेपस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय जोखन कोईरीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटि अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

National life insurance

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित सडकमा प्रदेश २-०३- ०१३ प ४९२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय उमेश तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत फेला
दार्चुला, लेकम गाउँपालिका-१ खेतालीस्थित चौलानी नदीमा बैतडी डिलासैनी गाउँपालिका-५ बस्ने ४५ वर्षीय श्याम सिंह साउद बुधबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-२६ सिसैस्थित नारायणी नदीको किनारमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-५ बस्ने ४० वर्षीया सुकमाया बोटे बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१ जलमापन केन्द्र नजिकै नारायणी नदीको किनारमा सोही महानगरपालिका -११ भोजाड बस्ने ४५ वर्षीय ओमराज मैनाली बुधबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित: Apr 24, 2025| 13:30 बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्