आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रघुजी पन्त शिक्षामन्त्री नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

 |  बुधबार, वैशाख १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज मन्त्रिपरिषद् पुनर्गठन भएको हो।

National life

नयाँ मन्त्रिपरिषद्‍मा शिक्षामन्त्रीको रुपमा एमालेका रघुजी पन्त थपिएका छन् भने कांग्रेसका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) हटाइएका छन्।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि पन्तले अवसर पाएका हुन्। 

कान्छारा भने ऊर्जामन्त्री दीपक खड्कासँगको द्वन्द्वका कारण हटाइएका हुन्। नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशकाक कुलमान घिसिङको विषयमा मन्त्री र राज्यमन्त्रीबीच द्वन्द्व थियो। यद्यपि दुवै कांग्रेसका हुन्।

प्रकाशित: Apr 23, 2025| 18:26 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्