शुक्रबार, असार ५, २०८३

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, वरियतामा आठौं

 |  बुधबार, वैशाख १०, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १०, २०८२

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन्। 

National life

राष्ट्रपति रामचन्द्र पौडेलले आज पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्। शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो। 

नवनियुक्त मन्त्री पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौँ नम्बरमा अटाएका छन्।

वरियताअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशनमान सिंह, तेस्रो नम्बरमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाँचौं नम्बरमा गृहमन्त्री रमेश लेखक, छैटौं नम्बरमा श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी र सातौं नम्बरमा परराष्ट्रमन्त्री डा.आरजु राणा रहेका छन् ।

शिक्षामन्त्री पन्तभन्दा पछि नवौं नम्बरमा खानेपानीमन्त्री प्रदीप यादव, १० औँ नम्बरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी र एघारौ‌ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेका छन् ।

Shivam cement

एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीको बरियतामा पन्त चौथो नम्बरमा रहेका छन्।

प्रकाशित: Apr 23, 2025| 18:12 बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्