शुक्रबार, असार ५, २०८३

सरकार थेग्नै नसक्ने गरी खर्चिलो भयो: गगन

 |  शनिबार, वैशाख ६, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार खर्चिलो भएर थेग्नै नसक्ने भएको बताएका छन्। धेरै जनप्रतिनिधि देशले थेग्न सक्दैन भन्दै उनले संख्या घटाउनुपर्ने बताए।

National life

कास्कीमा शनिबार शहीद कृष्णबहादुर गुरुङको स्मृति सभालाई सम्वोधन गर्दै थापाले खर्च कम गर्नका लागि संविधान सच्याउनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय तीनै तहमा जनप्रतिनिधिको संख्या घटाउनुपर्ने थापाको भनाइ थियो। 

प्रदेशलाई पंगु बनाइएको थापाले बताए। ‘हामीले प्रदेशलाई कामै गर्न दिएनौं। प्रदेशलाई हामीले भारीजस्तो मात्रै बनायौं। यसरी चलाउने भनेको होइन हामीले।संघ यति शक्तिशाली बनाएर हुँदैन,’ उनले भने।

संघले प्रदेशको अधिकार, प्रदेशले स्थानीय तहको अधिकार खोसेर नहुने उनको भनाइ थियो। संघले जे कुरामा हात हाल्ने हो त्यसमा मात्र हात हाल्नुपर्ने बताउँदै उनले संघले चाहिनेभन्दा बढी प्रदेशमा हात हालेको तर्क गरे।

अलिकतिमात्रै सम्हाल्ने हो भने अबको १० वर्षभित्रमा चमत्कार गरेको जस्तो विकास गर्न सकिने थापाले बताए। त्यो चमत्कार गर्न सबै कुरा मिलेको मात्र नेतृत्वको काम गर्ने ढंग नमिलेको थापाको भनाइ थियो।

Shivam cement

प्रकाशित: Apr 19, 2025| 20:59 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्