आइतबार, वैशाख ७, २०८२

मन्दिरको गेट भत्किँदा गिरीको मृत्यु

 |  शनिबार, वैशाख ६, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०८२

vianetvianet
triton college
National life insurance

रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

मुसिकोट नगरपालिका–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो । आज दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किँदा गिरीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । 

उनका अनुसार घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित: Apr 19, 2025| 17:53 शनिबार, वैशाख ६, २०८२
प्रतिक्रिया दिनुहोस्