बिहीबार, पुस १०, २०८२

राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

 |  बिहीबार, वैशाख ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०८२

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। 

National life

राजसंस्था पुनर्स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइका लागि राप्रपाले प्रदर्शन गर्न लागेको हो। ‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ। त्यसको विरुद्ध हामीले निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देनले भने।

राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ।

आज बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: Apr 17, 2025| 15:23 बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्