बिहीबार, पुस १०, २०८२

महिला संघका २० केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

 |  बुधबार, वैशाख ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३, २०८२

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्। विधान बमोजिम कुनै काम नभएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।

हालसम्म नेपाल महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसेकको राजीनामा पत्रमा उल्लेख छ। ‘पटक-पटक हामीले व्यक्तिगत र सामूहिक रुपमा बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तवरमा संगठनको क्रियाकलापहरुलाई सञ्चालन गरौं र हामीले दिएको अवधिभित्रमा नै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरेको छौं,’ राजीनामा पत्रमा भनिएको छ, ‘यी तमाम विषयहरुमा अध्यक्षज्यूले कुनै सुनुवाई र पहल नगरेका कारण अरु पार्टीको अशक्त भ्रातृसंस्थाको साख र यसको संगठन क्रमशः ओरालो लाग्दै गएको दुःखद अवस्थालाई टुलुटुलु हेरेर बस्न उपयुक्त नलागेको कारण पार्टी र नेपाल महिलासंघको सुदूर उज्ज्वल भविष्यका निमित्त नेपाल महिला संघको केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं।’

राजीनामा दिनेमा चन्द्रादेवी जोशी, रिता शाही, छाया सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वती आचार्य रहेका छन्।
 

प्रकाशित: Apr 16, 2025| 15:31 बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्