शनिबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ओली-देउवा भेटपछि मन्त्रिपरिषद् बैठक बस्दै, कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

ओली-देउवा भेटपछि मन्त्रिपरिषद् बैठक बस्दै, कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

 |  मंगलबार, वैशाख २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२

vianetvianet

काठमाडौं- मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच भेट भएपछि मन्त्रिपरिषद् बैठक डाकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा एक घण्टा वार्ता भएको थियो। ओली र देउवाबीच एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ। 

केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ। कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दो छ। महामन्त्री गगन थापाले सरकारको कार्यशैली सन्तोगजनक नभएको बारम्बार बताइरहेका छन्। 

यसैबीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक वैशाख १७ गते बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

प्रकाशित: Apr 15, 2025| 16:01 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्