सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • फेरि सुरु भयो माओवादीको जागरण अभियान, जोडिए पूर्वउपराष्ट्रपति पुन

फेरि सुरु भयो माओवादीको जागरण अभियान, जोडिए पूर्वउपराष्ट्रपति पुन

 |  मंगलबार, वैशाख २, २०८२

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २, २०८२

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरू भएको छ। झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो।

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली गैँडाकोट आइपुगेको थियो। नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताए। गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

पार्टीमा हालै उपाध्यक्षको जिम्मेवारी पाएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि अभियानमा जोडिएका छ्न्। अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट-४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ। अभियानका क्रममा दाहालले गैँडाकोट-८ स्थित लखन चोकमा रहेको सहिद लखन थापाको सालिकमा माल्यार्पण गरे।

माओवादी नेतृत्वले नगरपालिकाभित्रका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायत भेटघाट गरेको छ। अध्यक्ष दाहालले अभियानअन्तर्गत दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम छ।

जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी छ।

प्रकाशित: Apr 15, 2025| 13:09 मंगलबार, वैशाख २, २०८२
प्रतिक्रिया दिनुहोस्