काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजावादीहरूलाई अब संवैधानिक राजाको एजेण्डा लिएर देशको समय खेर नफाल्न आग्रह गरेका छन्।
कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बाधेन गर्दै थापाले नेपालको राजा कसैले जति सफा गरेर धोयो भने पनि संवैधानिक बनाउन नसक्ने बताए। पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा हुँदा त देशमा उत्पात मच्याएको भन्दै उनले यस्तो व्यक्तिलाई संवैधानिक राजा बनाउन नसकिने जिकिर गरे।
उनले भने, ‘कांग्रेस लामो अनुभवपछि यो निष्कर्षमा पुगेको हो। निर्मल निवासमा हुँदा त यस्तो उत्पात मच्यायो, कहाँ भएको दुर्गा प्रसाईंलाई खोजेर ल्याएर। हाम्रो क्षेत्रमा बस्नुहुन्छ नवराज सुवेदी। उहाँले त मलाई पनि भोट हाल्नुभयो होला जस्तो लाग्छ। सुतेर बसेको उहाँलाई, अस्तिसम्म राजालाई गाली गरेर किताब लेख्दैथे खोजेर ल्याए।'
उनले यो देश नेपाली जनताले छानेका प्रतिनिधिहरू चलाउन सक्षम रहेको बताए ।