बिहीबार, असार ४, २०८३

तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

काठमाडौं- संघीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। बिहीबार पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ।

National life

बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। 

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ।

बैठकमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ।

Shivam cement

प्रकाशित: Apr 10, 2025| 09:46 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्