सोमबार, भदौ २२, २०८३

प्रधानमन्त्री ओलीलाई गगनको सुझाव- घुम्न छाड्नुस्, काम गर्नुस्

 |  बुधबार, चैत २७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न सुझाव दिएका छन्।

प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने काममा भुल्दा सरकारको कामको गति कम भएको उनको तर्क थियो।

रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारको कामको गति नपुगेको भन्दै युद्धको मनोविज्ञान लिएर काम गर्न प्रधानमन्त्री-मन्त्रीहरूलाई सुझाव दिए।

उनले भने, ‘सरकारको कामको गति पुगेन। हामी भन्छौं सरकारलाई- तिमी युद्धको मनोविज्ञानले काम गर। १८ घण्टा काम गर, २० घण्टा काम गर, उद्घाटनमा नजाऔं। कहीँ भाषण गर्न नजाऔं। प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने-घुम्ने काम छाड्नुस्। तपाईंहरू काम गर्नुस्। त्यो कामको प्रचारप्रसार गर्ने काम हामीहरू गरिहाल्छौं।’

आन्दोलित शिक्षकका माग बेलैमा सम्बोधन गरेको भए उनीहरू सडकमा आउने थिएनन् भन्दै थापाले ठिक ढंगले माग सम्बोधन गर्न आग्रह गरे।

प्रकाशित: Apr 09, 2025| 18:17 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्