शुक्रबार, वैशाख ५, २०८२

रास्वपा सचिवालय बैठक बस्दै

 |  बुधबार, चैत २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत २७, २०८१

vianetvianet
triton college
National life insurance

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ। बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने हुने बताइएको छ।

पार्टी सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुनः पक्राउ परेपछि रास्वपाको पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो। 

प्रकाशित: Apr 09, 2025| 07:36 बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्