बिहीबार, पुस १०, २०८२

दुर्गा प्रसाईं प्रहरीले नै भगायोः लिङ्देन 

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको आन्दोलनमा प्रहरीलाई गाडीले कुल्चिन खोज्ने दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन्। 

National life

बल्खुमा आज पार्टी बागमती प्रदेशको आयोजनामा जारी भेलामा अध्यक्ष लिङ्देनले भने, ‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो  तर, उनलाई प्रहरीले नै ढुक्कले निकालेर पठायो। मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्सायो।’ 

आन्दोलनलाई राज्यले चरम दमन गरेको आरोप पनि उनले लगाए। आफूहरूले चाहेमा बालुवाटारलाई घेरेर भातपानी बन्द गरिदिने चेतावनी उनले दिए।

अध्यक्ष लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए। देश पछाडि पनि फर्किन नसक्ने भन्दै उनले नयाँ सझदारीको आवश्यकता रहेको बताएका हुन्।

सबै राजनीतिक दलहरूको सहमतिमा नयाँ समझदारी गर्नपर्ने उनको भनाइ छ। ‘हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौं, जहाँ राजादेखि गणतन्त्रवादीहरू अटाऊन्,’ उनले भने, ‘राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्छ।’

Laxmi sunrise bank
kumari

उनले प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूप हुनुपर्ने उल्लेख गरे। भ्रष्टाचार गर्ने कोही पनि नछुटुन् र सुशासनयुक्त शासन व्यवस्था आजको आवश्यकता रहेको उनले बताए।

चैत १५ गते तीनकुनेमा राज्य आतंक सिर्जना गरिएको उनले आरोप लगाए। ‘सुनियोजित तरिकाले राज्यले हिंसा भड्कायो। २ जनाको ज्यान गयो, कैयौं घाइते भए त्यसको हिसाबकिताब छैन । भौतिक क्षतिको कुनै हिसाब छैन,’ उनले भने, ‘त्यसका लागि गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् । प्रहरी प्रहरी नै भएर बसोस् । कुनै दलको कार्यकता भएर होइन। प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष रहेछन्।’

प्रकाशित: Apr 08, 2025| 15:39 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्