शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • बल्खुमा ज्ञानेन्द्र शाहीको गर्जन- झुटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन्

बल्खुमा ज्ञानेन्द्र शाहीको गर्जन- झुटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन्

 |  मंगलबार, चैत २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

vianetvianet

काठमाडौं- राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झुटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौं जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन्। 

triton college

राप्रपाले आह बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै शाहीले यस्तो चेतावनी दिएका हुन्। आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने र जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको उनले दाबी गरे।

गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको उनले बताए। ‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे। १ हजार मन्त्री भए, करिब ३ हजार सांसद भए। ३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे। २५ वटा अस्पताल राजाले बनाए। यिनीहरूले के बनाए? यसकै विरुद्ध हामीले आन्दोलन गरेका हौं,’ उनले भने। शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह गरे।

प्रकाशित: Apr 08, 2025| 14:10 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्