बिहीबार, असार ४, २०८३

राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा आमसभा गर्दैछ। अहिले विभिन्न ठाउँबाट र्‍याली आउने क्रम जारी छ।

पार्टीले बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ। मञ्चबाट कार्यक्रमबारे जानकारी गराइरहेका व्यक्तिले घूसपैठ हुन सक्ने भन्दै बाहिरका कसैलाई घरमाथि जान नदिन आग्रह गरेका छन्।

शान्तिपूर्ण प्रदर्शन गरिने राप्रपाले जनाएको छ। राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। 
विभिन्न ठाउँबाट सवारीसाधन डाइभर्सन गरिएको छ। बाक्लो संख्यामा सुरक्षाकर्मीको  उपस्थिति छ ।

प्रकाशित: Apr 08, 2025| 13:03 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्